JXQW+P8X, Birtamode 05
Jhapa 57204, Pradesh 01, Nepal
Newsआवद्ध बचत तथा ऋण सहकारी संस्थाको १ करोड बढी मुनाफा
आवद्ध बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्ष २०७९ ÷८० मा १ करोड बढी मुनाफा गरेको छ । संस्थाको आज सोमबार धार्मिक तथा पर्यटकीय स्थल दोमुखामा सम्पन्न ११ औं बार्षिक साधारणसभामा संस्थाले १ करोड २० लाख ६४ हजार ८२४ रुपैयाँ नाफा गरेको जानकारी गराइएको हो । साधारण सभाको अवसरमा आ.व. २०७९÷८० का उत्कृष्ट वचतकर्ता, ऋणी सदस्य, बाल वचतकर्ता, दैनिक वचतकर्ता, उत्कृष्ट कर्मचारीलाई नगद तथा प्रमाण पत्र सहित सम्मान गरिएको थियो । साधारणसभा राष्ट्रिय सहकारी बैंकका लेखा समिति संयोजक लक्ष्मीप्रसाद उप्रेतीको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष नन्दमान भट्टराई (नरेश) को अध्यक्षतामा सम्पन्न भएको हो । संस्थाका सञ्चालक समिति सदस्य तथा सेवा केन्द्र संयोजक गौरीप्रसाद भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव खगेन्द्र कुँवरले गरेका थिए । कार्यक्रममा कौशिलादेबी खनाल, दीपक अधिकारी, आर्यन कुँवर, बिकास न्यौपाने, रेनुका उप्रेती, पर्शुमान गुरागाई, सौरज अधिकारी, पवित्रा पोखरेल, धनमाया चुडाल, चित्रकला पौडेल, गुरुप्रसाद संग्रौला, नविना बिष्ट, बिष्णु राजवंशी, कर्मचारी शिवकुमार राजवंशी, रमा कार्की, बिपन्न सदस्य मनोज माला र मेनुका पौडेल लगायतलाई नगदसहित सम्मान गरिएको थियो । आर्थिक बर्ष २०७९÷०८० सम्म संस्थामा २ हजार ५३४ शेयर सदस्य र २ करोड ७१ लाख ६० हजार ३०० रुपैयाँ शेयरपुँजी रहेको अध्यक्ष भट्टराईद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । त्यस्तै संस्थामा १ करोड ५९ लाख ५४ हजार ७६३ जेगेडा कोष, १ करोड ९१ लाख ६४ हजार ५१५ योगदानमा आधारित अन्यकोषहरु, ऋण लगानी २० करोड ४६ लाख ९६ हजार १०० रुपैयाँ रहेको छ । कार्यक्रममा प्रमुख अतिथि उप्रेती, शिक्षा सहकारीका अध्यक्ष सुव्रत न्यौपाने, राष्ट्रिय सहकारी बैंकका बिर्तामोड प्रवन्धक बिबेक डाँगी, नेपाल अलैंची ब्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाको बिस्तृत जानकारीसहित आगामी योजनाका बिषयमा संस्थाका ब्यवस्थापक पर्वतराज चिमरियाले स्पष्ट पारेका थिए । संस्थाले सदस्य तथा तीनका परिवारका सदस्यहरुको मृत्यु हुँदा राहत कोष कार्यबिधि अनुसार ५ हजार देखि १ लाख १० हजार रुपैयाँसम्म सहायोग उपलब्ध गराउने, संस्थाको कार्यक्षेत्रभित्र रहेका मठमन्दिर तथा सार्वजनिक स्थलहरुमा आवश्यकता अनुसार डस्बिन सौजन्य गर्ने, लागू औषध सचेतना कार्यक्रम सञ्चालन गर्ने, सदस्यहरुलाई उन्नतजातका शागसब्जी तथा बिउबिजन बितरण गर्नेलगायतका महत्वपूर्ण योजनाहरु अघि सारेको ब्यवस्थापक पर्वतराज चिमरियाको भनाई छ ।
अन्य तस्विरहरु
झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको आबद्ध ब...
Read moreआबद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथ...
Read moreआबद्ध सहकारी संस्था परिसरमा रहेका १० ओटा स्थानिय स...
Read moreआवद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना द...
Read moreआवद्ध बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्ष २०...
Read moreसंस्थाको मिति २०८०/०७/१८ गते शनिबारका दिन बसेको सञ...
Read moreसदस्यहरुको लागि सार्बजनिक सूचना